Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स हाइड्रोकाे आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १६ : ५० मा प्रकाशित

पिपुल्स हाइड्रोकाे आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि कार्तिक २९ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (मंसिर ७ गते, बुधबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा सम्पन्न गरिएकाे थियाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ५ लाख १५ हजार ७ सय ८८ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १२ लाख ३० हजार ६ सय ५ जना लगानीकर्ताहरूले आवेदन दिएकामा ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको छ । बाँकी रहेका १२ लाख २७ हजार ५९ जना योग्य आवेदकलाई बाँडफाँडमा समावेश गराइएकाे थियाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित कुल ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आईपीओकाे नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक सानिमा क्यापिटलकाे वेबसाइट, पिपुल्स हाइड्रोको वेबसाइट र मेराे सेयरमाबाट नतिजा हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको