Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेशनल लाईफको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १७ : २० मा प्रकाशित

नेप्सेमा नेशनल लाईफको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय २१ रूपैयाँ ५७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य ५ सय ९९ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे कार्तिक १६ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैँतीसाैँ वार्षिक साधारण सभा मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

637e05db53916.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको