Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबुलकार २५औं वर्षमा प्रवेश, ४८ करोडको लागतमा रिसोर्ट घाेषणा

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, १२ : ५९ मा प्रकाशित

मनकामना केबुलकार २५औं वर्षमा प्रवेश, ४८ करोडको लागतमा रिसोर्ट घाेषणा

मनकामना केबुलकारको सञ्चालन २४औं वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको छ । 

यस केबुलकारको स्थापनाकाल २०५५ साल मंसीर ८ गतेदेखि केबुलकारको नियमित सञ्चालन गरी हालसम्म करीब १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरी सकेको जनाएको छ । केबुलकारको नियमित संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवशायहरुमा उल्लेख्य बृछि भई समुन्नत विकास भई विश्व सामु समेत मनकामनाको प्रचार प्रसार भएको छ । 

साथै यस केबुलकारका संस्थापक स्व. लक्ष्मणबाबुु श्रेष्ठ हुन् । चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको १.१ प्रतिशत प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्धार लगायत विकास निर्माणका कार्य आदिमा खर्चिंदै आएको कम्पनीले जनाएको छ ।   

यसै वार्षिकोत्सवको उपलक्ष्यमा यसै समूहको भातृ कम्पनी रिर्सोस् बाई मनकामना केवल कार प्रालिले मनकामनामा ४० कोठायुक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण थालनी गरिने समेत गरेको छ । उक्त होटलको लागत करीब रु. ४८ करोड अनुमान गरिएको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको