Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबलकार बुधबार बन्द हुने

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, ०९ : ५१ मा प्रकाशित

मनकामना केबलकार बुधबार बन्द हुने

नियमित मर्मतसम्भारको लागि मनकामना केबलकार बुधबार बन्द हुने भएको छ ।

कम्पनीद्वारा जारी सूचना अनुसार केबलकार सेवा बुधबार चैत्र ७ गते एक दिनको लागी बन्द हुने भएको हो । चैत्र ८ गते बिहिबारबाट केबलकार सेवा नियमित हुने पनि कम्पनीले जानकारी दिएको छ ।

देशकै पहिलो मनकामना केबलकारले ३४ गन्डोलामार्फत नियमित सेवा प्रदान गर्दै आएको छ । शनिबार बिहान साढे ६ बजेदेखि तथा अन्य दिन बिहान साढे ७ बजेबाट साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको