Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, १३ : ४० मा प्रकाशित

नेशनल लाईफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न

मिति २०७९ मंसिर ७ गते, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । 

प्रमुख कार्यकारी अधिकृतले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्तासँग सम्बन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराएका छन् । 

कार्यक्रममा महेन्द्रनगर शाखासँग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो भने सो शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले खादा माला र मायाको चिनोले सम्मान गरेका थिए । सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुशी लागेको बताएका थिए ।

कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले सञ्चालन गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सहभागी अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको