Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई ओलिको फोन-‘अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भयो, मिलेर अघि बढौँ’

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, १८ : १५ मा प्रकाशित

प्रचण्डलाई ओलिको फोन-‘अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भयो, मिलेर अघि बढौँ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

चुनावि परिणाम पछि प्रचण्डलाई बधाई दिन फोन गरेका ओलीले कम्युनिस्ट आन्दोलन शिथिल पार्नका लागि अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको भन्दै अब मिलेर अगाडी बढ्न आग्रह गरेको श्रोतले बतायो । तत्कालिन नेकपाको बिघटन पछि दुई नेताहरुका बिचमा यो नै पहिलो संबाद हो । 

ओलीको प्रस्तावको जवाफमा प्रचण्डले अहिले आँफु गठबन्धनमा नै रहेको र चुनावी अन्तिम परिणाम समेत आइनसकेकाले अब निर्वाचनका अन्तिम परिणाम पछि सल्लाह गर्न सकिने जवाफ दिएको श्रोतको दावी छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको