Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम खुल्दै राेक्का रहेका कम्पनीकाे काराेबार, सेञ्चुरी बैंककाे पनि फुकुवा

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, १५ : ३२ मा प्रकाशित

धमाधम खुल्दै राेक्का रहेका कम्पनीकाे काराेबार, सेञ्चुरी बैंककाे पनि फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ ।

नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । 

धितोपत्र बोर्डले गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याइसकेकाे छ । सो निर्देशिका अब मर्ज तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोकिनेछ । त्यसैले अहिले मर्जर प्रक्रियाका कारण कारोबार बन्द रहेका कम्पनीहरुको पनि धमाधम कारोबार फुकुवा भइरहेकाे छ ।  

सो निर्देशिकाको दफा १३ मा हाल गाभ्ने गाभिने वा प्राप्तिको प्रकृयामा रही कारोबार रोक्का रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवाको प्रकृया उल्लेख गरिएको छ। सो अनुसार कारोबार रोक्का रहेका कम्पनीहरुले आधारभूत बाहेकका साधारण सेयरधनीको सेयर कारोबार खुल्ला गर्न नेप्से र सीडिएसमा निवेदन दिनुपर्ने हुन्छ। त्यसपछि तत्कालै नेप्सेले ति कम्पनीहरुको कारोबार खुल्ला गराउनुपर्ने कुरा दफा १३ को उपदफा २ मा उल्लेख गरिएको छ । 

प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच साउन १५ गते सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति (एक्विजिसन) गर्ने सम्झाैता भएकाे थियाे । दुई बैंक बीच १ :१ अनुपातमा गाभिने गरी सम्झौता भएको छ। 

सूचना हेर्नुहाेस् :

63833354c6fc5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको