Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा : राष्ट्र बैंकले घटायो स्प्रेडदर, कर्जाको ब्याजदर घट्ने

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, २० : ४१ मा प्रकाशित

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा : राष्ट्र बैंकले घटायो स्प्रेडदर, कर्जाको ब्याजदर घट्ने

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ।  यस आर्थिक वर्ष (२०७९/८०)को मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई घटाएको छ ।

कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) लाई  राष्ट्र बैंकले घटाएको हो।  ४.४ प्रतिशत रहेको ब्याजदर अन्तर वाणिज्य बैंकहरुको ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गरेको छ ।

विकास बैंकको हकमा  ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अन्तर राष्ट्र बैंकले घटाउदै  ४.६ प्रतिशतमा झारिएको छ। स्प्रेड दर घट्दा यसको प्रभाव  बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्ने छ जसले कर्जाको ब्याजदरलाई घटाउने छ। 

साथै प्रिमियम सम्बन्धि व्यवस्थाको अनुगमन राष्ट्र बैंकले गर्ने जनाएको छ। 

63837d0b06105.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको