Like us!
Follow us!
Connect us!
Watch us!

शाखारहित बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनैपर्ने ५ कुरा

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, १३ : ४२ मा प्रकाशित

शाखारहित बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनैपर्ने ५ कुरा

नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ्ग (Branchless Banking) सेवामार्फत् कारोबार गर्दा अपनाउनु पर्ने सजगताका सम्बन्धमा सर्वसाधारणका लागि सूचना  प्रकाशन गरेकाे छ ।

राष्ट्र बैंकले राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

बैंकिग पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको यस व्यवस्थाबमोजिम सेवा उपभोग गर्दा तल उल्लेख गरिएका विषयहरुमा विशेष ध्यान दिन सबैको ध्यानाकर्षण गरिएको छ :

१. बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्दछ ।

२. सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्नुपर्दछ ।

३. कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोवारबमोजिम भए नभएको यकीन गर्नुपर्दछ । साथै, विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत् पनि आफूले गरेका कारोबारको यकीन गर्न सकिन्छ ।

४. शाखारहित बैंकिङ्ग कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोवार गरे बमोजिमको भए/नभएको बेला बेलामा बैंक खातामार्फत् समेत यकीन गर्नुपर्दछ । व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए/नभएको तुरुन्त यकीन गर्नुपर्दछ ।

५. सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा यस बैंकको फोन नं. ४४१५१५८ वा गुनासो सुनुवाइ गर्ने पोर्टल gunasao.nrb.org.np मार्फत् जानकारी गराउनु पर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको