Like us!
Follow us!
Connect us!
Watch us!

सेवाबाट मोडिँदै ईसेवा, जनता आक्रोशित

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, १४ : ०५ मा प्रकाशित

सेवाबाट मोडिँदै ईसेवा, जनता आक्रोशित

पछिल्लो समयको लोकप्रिय डिजिटल वालेट ईसेवा दिनानुदिन आलोचित बन्दै गएको छ। कुनै समय ईसेवालाई डिजिटल सेवा दिएकोमा धन्यवाद दिने प्रयोगकर्ताहरू अहिले ईसेवाले वाचा गरेबमोजिम सेवा दिन नसकेकोमा आक्रोशित छन्। अहिले ईसेवाको हरेक पोस्टमा जनताले सेवा अवरुद्ध भएको समस्या व्यक्त गरिरहेका छन्।

पछिल्ला केही महिना यता प्रयोगकर्ताहरु निरन्तर ईसेवा प्रति आक्रोश व्यक्त गरिरहेका छन्। इसेवा जनतालाई प्रतिबद्धता व्यक्त गरेर सिस्टममा लिस्ट गरेका सेवाहरूमा दैनिक रूपमा अवरुद्ध भएको समस्या व्यक्त गरिरहेका छन्। इसेवा कमेन्टमार्फत व्यक्त गरिएका समस्याहरूको उत्तर कमेन्टमा दिँदै इनबक्समा समस्याबारे कुरा गर्न अनुरोध गर्ने गरेको पाइएको छ तर कमेन्ट सेक्सनमा देखिएका अन्य कमेन्टहरु हेर्दा प्रत्यक्ष रूपमा प्रयोगकर्ताले इनबक्समा व्यक्त गरेका समस्याको समाधान गर्नेत परै जाओस् उत्तर पनि नदिएको प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्। 

पछिल्लो समयत इसेवा कमेन्ट र पेजको रीभ्यू सेक्सन हेर्न नहुने भएको छ। प्रयोगकर्ताहरूले ईसेवाको प्रयोगबाट पाएको समस्या एकदमै आक्रोशित शैलीमा देखिएका छन्। इसेवाको रिभ्यु सेक्सनमा अहिले सबै रिभ्यु आक्रोशित देखिएका छन्। इसेवामा अहिले पोजिटिभ कमेन्ट खोज्नु भनेको त टाढाको विषय भएको छ।

इसेवा रीभ्यु सेक्सनमा देखिएका प्रतिक्रियाले ईसेवाको गैरजिम्मेवारिता प्रष्ट गरेको छ। इसेवाबाट कारोबार गरेका प्रयोगकर्ता अहिले अधिकांश कारोबार रोक्का गरेको बारे प्रश्न गरिरहेको छ तर इसेवा निर्लज्ज रूपमा उनीहरूको प्रतिक्रिया दिएको छैन। 

प्रयोगकर्ताहरु इसेवा बाट आफै पैसा हराएको गुनासो व्यक्त गरेका छन्। इसेवाको रिभ्यु सेक्सनमा गरेको प्रश्न यस प्रकारका धेरै रहेका छन। एक प्रयोगकर्ताले पोस्ट राख्दै इसेवा खाताबाट पैसा नै हराएको व्यक्त गरेका छन्। उक्त प्रयोगकर्ताको इसेवाले खाताबाट पैसानै गायब भएपछि बारम्बार इसेवा सम्पर्क ठेगानामा सम्पर्क गर्न खोज्दा समस्या आएको छ। उनी आक्रोश व्यक्त गर्दै इसेवा लुट्न खोजेको हो कि भन्ने प्रश्न गरेका छन्। 

यस्तै अर्का एक प्रयोगकर्ताले इसेवालाई प्रश्न गर्दै p2p अर्थात दुई पक्षबीचको कारोबार बढी भएकै कारण इसेवाले खाता बन्द गरेकोमा प्रश्न गर्दै कारोबार नै गर्न नपाउने भए कारोबारको अप्सन किन राखेको भन्ने प्रश्न गरेका छन्। 

अर्का एक प्रयोगकर्ताले रिभ्युमा आएको प्रश्नलाई उत्तर दिँदै आफ्नो समस्या पनि व्यक्त गरेका छन्। नोभेम्बर ६ मा इसेवा खातामा २५०० रुपैयाँ लोड गर्दा बैंक बाट पैसा काटिएको र इसेवा वालेटमा पैसा लोड नभएको समस्या व्यक्त गर्दा इसेवा आश्वासन दिएको तर पैसा फिर्ता नभएको जिकिर गरेका छन्। 

इसेवा रिभ्युमा खराब सेवाको धेरै गुनासोहरु देखिएका छन्। अहिले प्रयोगकर्ता इसेवा प्रयोग नगर्ने रेकमेण्ड गरिरहेका छन्। 

इसेवाको कमेन्टमा एक मात्र नभएर अहिले अनेकै समस्या हरु कमेन्ट गर्न थालेका छन् तर इसेवा प्रतिक्रियामा उनीहरूलाई इनबक्समा कुरा गर्न बोलाएको छ तर प्रयोगकर्ताहरु ईसेवाले कमेन्ट प्रतिक्रियामा मेसेज रिप्लाई गर्न भनेको छ तर प्रयोगकर्ताको अनुसारनै ईसेवले मेसेजमा गरेको गुनासोको रिप्लाई नदिने गरेको जनाएका छन्। 

इसेवाले अहिले धेरै प्रयोगकर्ताहरुको खाताको कारोबार पेन्डिङमा राखेको छ। कारोबार रोक्का गर्दा व्यवसाय गर्ने प्रयोगकर्तालाई उच्च प्रभाव परिरहेको छ। अहिले बारम्बार इसेवाले खाता रोक्का गरिरहँदा इसेवा नै प्रयोग नगर्ने भन्ने सम्मका कमेन्ट देखिएको छ।  

इसेवालाई हामीले ग्राहकले हामीलाई व्यक्त गरेको गुनासोको फलोअप गर्न बारम्बार सम्पर्क गर्न खोजेतापनि ईसेवाको कल सेन्टर व्यस्त व्यस्त आएको थियो भने इसेवाको हट लाइन नम्बरमा सम्पर्क हुन सकेन। इसेवाले अहिले सार्वजनिक रूपमा प्रयोगकर्तालाई वितरण गरेका नम्बरहरुमा सम्पर्क हुन नसक्दा ईसेवाको गैरजिम्मवारीता देखिन्छ। 



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको