Like us!
Follow us!
Connect us!
Watch us!

नबिलबाट बंगलादेशको आईएफआईसी बैंक बाहिँरिदै, आफ्नो स्वामित्वको १.७७ करोड कित्ता सेयर बेच्दै

अर्थ संसार

विहीबार, १५ मंसिर २०७९, ०७ : ०० मा प्रकाशित

नबिलबाट बंगलादेशको आईएफआईसी बैंक बाहिँरिदै, आफ्नो स्वामित्वको १.७७ करोड कित्ता सेयर बेच्दै

नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी इन्टरनेशन फाइनान्स एण्ड कमर्स बैंक लिमिटेड बंगलादेशले आफ्नो नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, तिनधार, विणामार्ग काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

बैंकले प्रकाशन गरेको सूचनाः

638800a8e3312.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको