Like us!
Follow us!
Connect us!
Watch us!

म्याग्दी हाइड्रोले डाक्याे साधारण सभा, आईपीओ निष्कासन मुख्य प्रस्ताव

अर्थ संसार

शुक्रबार, १६ मंसिर २०७९, ११ : ३१ मा प्रकाशित

म्याग्दी हाइड्रोले डाक्याे साधारण सभा, आईपीओ निष्कासन मुख्य प्रस्ताव

म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे मंसिर १५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे साधारण सभा पुस ११ गते, कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा ३ बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायततका प्रस्तावहरू पनि पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको