'खल्ती' ले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरि आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै : घर बाहाल कर, सम्पति कर व्यवसायको कर अब खल्ती मार्फत सहजै भुक्तानी गर्न सक्नेछन्।
यसअघि यो सेवा करदाता पोर्टलमा लग इन गरि मात्र भुक्तानी उपलब्ध थियो भने अब खल्तीले यसलाई एपमा नै सक्षम पारेर भुक्तानीलाई अझ सहज र झन्झटमुक्त बनाएको छ ।
यस सेवाका बारे थप बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, "हाम्रो लक्ष्य भनेको जनताको दैनिक भुक्तानीलाई सहज बनाउनु हो। यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौं। काठमाडौं महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा लाखौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ।”
करदाताले तल बताइएको तरिका अनुसार ‘खल्ती’ छनौट गरि भुक्तानी गर्न सक्नेछन् :
१. खल्ती एप को होमस्क्रिन मा गई “लोकल गभर्मेन्ट” मा जानुहोस् ।
२. “काठमाडौं महानगरपालिका” छनौट गरि कर भुक्तानीकर्ता आईडी राख्नुहोस् ।
३. कर भुक्तानी प्रकार छनौट गर्नुहोस्:
- घर बहाल कर
- सम्पत्ति कर
- व्यवसाय कर
४. विवरणहरू प्रमाणित गर्नुहोस् र भुक्तानी गर्नुहोस् ।
५. भुक्तानी विकल्प "खल्ती वालेट" वा "लिङ्क गरिएको बैंक खाता" चयन गर्नुहोस्।
६. भुक्तानी गरेको बिल खल्ती को कारोबर सेक्सन् (ट्रान्ज्याक्सन हिस्ट्री) मा प्राप्त हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस