Like us!
Follow us!
Connect us!
Watch us!

संघमा अपेक्षा गरिएअनुसार नतिजा आएन, सरकार गठनको सबै विकल्प खुलाः माओवादी

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, ०६ : ५३ मा प्रकाशित

संघमा अपेक्षा गरिएअनुसार नतिजा आएन, सरकार गठनको सबै विकल्प खुलाः माओवादी

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सरकार गठनका लागि विभिन्न विकल्प खुला राख्ने निर्णय गरेको छ । शनिबार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि नेकपा (एमाले) सहितका दलसँग छलफल गरेर अघि बढ्न सकिने विकल्प पनि खुला राख्ने निर्णय गरेको हो । 

सरकार गठनबारे विभिन्न विकल्प खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए । बैठकमा नेताले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको समीक्षा गर्नुभएको महराले बताए । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पार्टी उपाध्यक्ष महराले भने, ‘निर्वाचनको प्रारम्भिक समीक्षा भयो । अपेक्षा गरिएअनुसार हामीले सङ्घमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । चुनावको सबै परिणाम आएपछि त्यसमा गम्भीर समीक्षा हुन्छ ।’ 

माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलसँगको विकल्पलाई पनि खुला राख्ने नीति लिएको बताइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको