Like us!
Follow us!
Connect us!
Watch us!

एमएडब्लू र ओमेगा सेकी मोबिलिटीबीच सहकार्य, थ्री-ह्वीलर ईभीका दुई  भेरियन्टमा स्ट्रिम ल्याउने

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, १६ : ५३ मा प्रकाशित

एमएडब्लू र ओमेगा सेकी मोबिलिटीबीच सहकार्य, थ्री-ह्वीलर ईभीका दुई  भेरियन्टमा स्ट्रिम ल्याउने

नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रा.लि. नेपालमा थ्री-ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम ल्याउन विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक  कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्ने चरणमा प्रवेश गरेको छ ।

ओएसएम रेजप्लस एक विद्युतीय तीनपाङ्ग्रे कार्गो सवारी साधन हो र यसमा १०.८ kWh ब्याट्री जडान गरिएको छ, जबकि ओएसएम स्ट्रिम ८.५ kWh पावरप्याक भएको विद्युतीय तीनपाङ्ग्रे यात्रुवाहक सवारी साधन हो ।

दुवै गाडीलाई सामर्थ्य प्रदान गर्ने सबै विद्युतीय मोटरले अधिकतम ७.४ किलोवाटको पावर र मोटरमा ४५ एनएम पीक टर्क उत्पादन गर्छ । रेजप्लस र स्ट्रिम दिगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि उत्तम समाधान हो ।

हल्का वजनको रेजप्लस र स्ट्रिमको तौल ब्याट्रीसहित ६०० केजी छ भने गाडीको कूल वजन १,००० किलो छ । यात्रामा सहजताका लागि गाडीले कम रोलिङ प्रतिरोधी १० इन्चको टायर प्रयोग गर्छ । यति मात्र नभई, दुवै सवारी साधनको न्यूनतम ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ ।

रेजप्लस र स्ट्रिमका बारेमा टिप्पणी गर्दै एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले भन्नुभयो, "नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्नेछ ।”

हिमाली राज्यको विकासको सम्भावनाबारे बोल्दै ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले भने, “नेपाल सरकार सवारीसाधनले सिर्जना गर्ने वायुप्रदुषण न्यूनीकरणका लागि यस क्षेत्रमा सन् २०३१ सम्म पूर्ण विद्युतीकरणको लक्ष्य लिएर सक्रिय भएको छ । संयोगवश, वायु प्रदूषणको समस्याले नेपाललाई यति धेरै सताएको छ कि नेपालको ६०% वायुप्रदूषणको उत्पत्ति यातायात क्षेत्रका कारण भएको छ । ओमेगा सेकी मोबिलिटी प्रदुषण विरुद्धको सरकारको लडाईको एक हिस्सा बन्न चाहन्छ र अत्याधुनिक, पहुँचयोग्य विद्युतीय सवारीसाधन ल्याई काठमाडौंमात्र नभई सम्पूर्ण नेपाललाई स्वच्छ, हरियाली र दिगो राष्ट्र बनाउन सघाउनेछ ।

नेपाली मिडियामा ओएसएम रेज प्लस र ओएसएम स्ट्रिमको परिचय दिँदै ओमेगा सेकी मोबिलिटीका प्रबन्ध निर्देशक डा. देब मुखर्जीले भन्नुभयो, “ओएसएमका ईभीहरु नेपालका लागि भाग्यमा लेखेर ल्याएजस्तै हो । इन्धनको मूल्यवृद्धिसँगै देशमा पेट्रोल र डिजेलबाट चल्ने तीनपाङ्ग्रे सवारीसाधन चलाउन आर्थिक रुपमा खर्चिलो हुन थालेको छ ।

रेज प्लस र स्ट्रिमको कम लागत अपरेटरहरूको लागि लाभदायक हुनेछ । साथै, हाम्रा दुवै उत्पादनहरूमा स्वचालित ट्रान्समिसन जडान गरिएको छ जसले चालकहरूलाई आरामदायी यात्रा प्रदान गर्दछ । यसबाहेक, शक्तिशाली बुस्ट मोडको साथले ड्राइभरहरूले पहाडी इलाकामा समेत हावाको चालमा गाडी चलाउन पाउनेछन् ।

उत्पादनहरूको बारेमा कुरा गर्दै बिक्री, मार्केटिङ र सेवासम्बन्धि निर्देशक विवेक धवनले भन्नुभयो, “भारतीय इलेक्ट्रिक थ्री-व्हीलर कार्गो क्षेत्रको शिखरमा पुगिसकेपछि ओएसएमले त्यहाँको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक थ्री- व्हीलर अब नेपालमा ल्याइरहेको छ । आलोचकहरुबाट समेत प्रशंसित यस उत्पादन ओएसएमद्वारा डिजाइन, विकास र इन-हाउस निर्माण गरिएको छ । गत आर्थिक वर्षमा ईभीको उत्पादन सात गुणाले बढेर १८०० युनिटभन्दा
बढी भई यो व्यवसायिक क्रान्तिको शिखरमा छ । म विश्वस्त छु कि नेपाली नागरिकहरूले ओएसएम सवारीसाधनको बहुआयामिक गुणहरुलाई स्वीकार गर्नेछन् र वातावरणप्रतिको नागरिक कर्तव्य निर्वाह गरेकोमा गर्वको अनुभूती गर्नेछन् ।

ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिन्छ । पूर्ण चार्जले तीनपाङ्ग्रे मालवाहक (रेजप्लस) १२० किमी र तीनपाङ्ग्रे यात्रुवाहक सवारी (स्ट्रिम) ९५ किमीको यात्रा गर्दछन् ।

638c820b53d1b.jpeg 638c820bab325.jpeg 638c820c01ca5.jpeg 638c820c0f293.jpeg 638c820c505d7.jpeg 638c820c5890b.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको