नेपालमा जेसिबी मेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा. लि. (जेसिबी नेपाल) ले नेपाल इँटा उद्योग महासंघ (FNBI) को १७औं वार्षिक साधारण सभा (AGM) लाई प्रायोजन गरेको छ। गोदावरीस्थित होटल भ्यु भृकुटीमा भदौ १२ देखि १४ गतेसम्म सम्पन्न उक्त एजीएममा जेसिबी नेपालको सक्रिय सहभागिता रह्यो।
कोभिड–१९ महामारीपछि इँटा उद्योग पुनः उकासिन थालेको सन्दर्भमा, जेसिबी नेपालले यो प्रायोजनलाई उद्योगसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिएको छ। धेरै इँटाभट्टा व्यवसायीहरू अहिले आधुनिक प्रविधि र उपकरणमा लगानी गर्दै सञ्चालन सुधारतर्फ उन्मुख भइरहेका बेला जेसिबीले आफ्ना प्रविधि र मेसिनरी समाधान प्रस्तुत गरेको हो।
कार्यक्रममा जेसिबी नेपालले आफ्ना अत्याधुनिक उत्पादनहरूमध्ये JCB Telehandler 530-110 प्रदर्शन गर्यो। ११ मिटर क्षमताको यो टेलिह्यान्डलर इँटा उद्योगका लागि विशेष उपयुक्त छ। यसले इँटा तथा अन्य निर्माण सामग्रीलाई साइटमै सहज रूपमा लोड, थुपार्ने र ढुवानी गर्ने दक्षता प्रदान गर्छ। उच्च सुरक्षा, मजबुती र उत्पादकत्वमा सुधार ल्याउने यो मेसिनले उद्योगलाई आधुनिक बनाउने अपेक्षा राखिएको छ।
जेसिबी नेपालको सहभागिताले उद्योगका सरोकारवाला र नीति निर्मातासँग प्रत्यक्ष संवाद गर्ने अवसर मात्रै होइन, ब्रान्डलाई ‘भरपर्दो साझेदार’ को रूपमा स्थापित गर्ने अवसर पनि प्रदान गरेको छ। कम्पनीले आफ्ना मेसिनरी समाधानले इँटा उद्योगका विशेष आवश्यकताहरू पूरा गर्ने र आफ्टर सेल्स सर्भिसमार्फत दीर्घकालीन भरोसा कायम गर्ने प्रतिबद्धता जनाएको छ।
जेसिबी नेपालका अनुसार, गुणस्तरीय मेसिनरी र विश्वसनीय सेवामार्फत इँटा उद्योगलाई सक्षम बनाउन पाउनु कम्पनीको गर्वको विषय हो। यसले उद्योग विकाससँगै मुलुकको पूर्वाधार र निर्माण क्षेत्रमा पनि योगदान पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस