Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे रिडी हाइड्रोको कारोबार फुकुवा, साेमबारबाट खुल्ने

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, १७ : ४१ मा प्रकाशित

नेप्सेले गर्याे रिडी हाइड्रोको कारोबार फुकुवा, साेमबारबाट खुल्ने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रो पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेकाे छ । याेसँगै अब साेमबारबाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार खुल्नेछ ।

नेप्सेले मंसिर ७ गते, बुधबारबाट रिडी पावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरेकाे थियाे । रिडी पावरकाे सञ्चालक समितिकाे बैठक ११ बजे बसेर लाभांश घाेषणा गरेकाे भएपनि नेप्सेलाई भने काराेबार समय पछि मात्रै जानकारी गराइएकाे भन्दै नेप्सेले सूचना लुकाएकाे आरोपमा कम्पनीको कारोबार रोक्का गरेको हाे ।

रिडीले भुलबस समय अन्यथा हुन गएकाे र अब उप्रान्त त्यस्ता कमी कमजाेरी हुन नदिने भन्दै स्पष्टिकरण बुझाएकाे छ । कम्पनीले नेप्सेसँग क्षमायाचना समेत मागेकाे छ ।

कम्पनीकाे मंसिर ६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

सूचना हेर्नुहाेस् :

638c8b553664b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको