Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारका आर्थिक समाचार (भिडियो )

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, २३ : ४१ मा प्रकाशित

१. एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

२.  सेयर बजारमा सुधारकाे संकेत देखिएकाे छ । बजार स्थिर रूपमा बढिरहँदा काराेबार रकम पनि बढ्दाे क्रममा छ ।  आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव १६ अंकले बढेर १९ सय ६३ दशमलव २२ विन्दुमा पुगेकाे छ । कूल २४३ वटा कम्पनीकाे ३६ लाख ९४ हजार ८४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५६ करोड १७ लाख २ हजार रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

३. तेर्हथुम पावर कम्पनी लिमिटेडले ५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।कम्पनीको साधारण सभा पुस १० गते होटल हार्दिक, बागबजार काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर २५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।त्यसैले, मंसिर २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन सक्नेछन्।  कम्पनीले सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन । 

४. एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३१५८ प्रतिशत नगद गरी कुल १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

५. हालै मात्र सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेका धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच आज (आइतबार) बिहान मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । मर्जर सम्बन्धी सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।

६. एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २७ गते, मंगलबारदेखि पहिलाे चरणकाे आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा  ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो । यस आईपीओमा स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा स्थानियले छिटोमा पाैष १२ गतेसम्म र ढिलोमा पाैष २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने पाैष १२ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् । 

७. नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

८. त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर (आईपीओ) बापतको बाँकी रकम संकलन गर्ने म्याद थपेकाे छ । कम्पनीले २०७५ साल चैतमा बिक्री गरेको सेयर बापतको बाँकी रकम असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्म संकलन गरेकाेमा साे अवधिमा संकलन नभएकाे रकम बुझाउन म्याद थपिएकाे हाे । सेयरधनीहरूले फागुन १७ गतेसम्म प्रतिसेयर ८८ रुपैयाँ ७४ पैसाका दरले बाँकी रकम जम्मा गर्न सक्नेछन् । रकम नबुझाए सेयर जफत गरिने कम्पनीले जनाएकाे छ ।  

९. आईपीओ निष्कासन गर्न लागेकाे सानिमा मिडिल तमोरले साधारण सभा डाकेकाे छ ।  कम्पनीकाे साताैँ वार्षिक साधारण सभा पाैष १४ गते, बिहीबार अकामा हाेटल, धुम्बाराही, काठमाडाैँमा हुनेछ ।  कम्पनीले ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डमा निवेदन दिइसकेकाे छ । 

१०.  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । याेसँगै अब भाेलि (साेमबार) बाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार खुल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको