Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पाको लाभांस कता हरायो ? सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह (भिडियो)

अर्थ संसार

सोमबार, २५ पुस २०७९, ०७ : ३५ मा प्रकाशित

आज (पाैष २४ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।  बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ३.८० प्रतिशत नगद लाभांस गरी कुल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

२. कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि साधारण आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्री गर्न लागेकाे हाे । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ ६ गतेसम्म ढीलोमा माघ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

३. सेयर बजारमा राैनकता कायमै छ । साताको पहिलाे कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि झण्डै साढे ५ अर्ब पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक २०.६८ अंकले बढेर २१६४.६१ विन्दुमा पुगेकाे छ । नेप्से ०.९६ प्रतिशतले बढेकाे हाे । यता सेन्सेटिभ परिसूचक भने स्थिर रहेकाे छ । आज पनि सेन्सेटिभ परिसूचक ४११.२३ विन्दुमा नै छ । कूल २५९ वटा कम्पनीकाे एक कराेड ४१ लाख ९ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

४. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले पुस २७ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू हुने भएकाे हाे । यी दुई बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हाे । मर्जरपछि बैंकको चुक्ता पुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ । 

५. सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको ५ औँ वार्षिक साधारण सभा माघ १५ गते, अलफ्ट ठमेल, काठमांडौमा अपराह्न्न ५ बजेदेखि सुरू हुनेछ । सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । 

६. जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको २ महिना नाघिसकेकाे छ । संस्थाले बम्पर लाभांश घाेषणा गरेपछि आकर्षित भएर संस्थाको सेयर किन्ने लगानीकर्ताहरूलाई २ महिना नाघिसक्दा पनि संस्थाले साधारण सभाको कुनै सूचना ननिकालेपछि लाभांश कता हरायो भन्ने चासोको विषय बनेको छ । संस्थाकी प्रमुख कार्यकारी अधिकृत बीमला योगीका अनुसार संस्थाकाे लाभांश संस्थाकाे कारण नभएर राष्ट्र बैंककाे कारण राेकिएकाे हाे । संस्थाकाे फाइल राष्ट्र बैंकले निरिक्षण गर्नका लागि वेटिङ लिस्टमै राखेकाे हुनाले संस्थाकाे साधारण सभा पाैष मसान्तभित्र गर्न नसकिने भएकाे छ । संस्थाको कार्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद गरि कुल ७६.८४ लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

७. स्टक ब्रोकर एसोसिएसन अफ नेपालकाे अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा सरिता अधिकारी (विष्ट) , महासचिवमा फणिन्द्र ढकाल, कोषाध्यक्षमा मदन पौडेल, तथा सचिवमा सुवोध अधिकारी चयन भएका छन् । त्यस्तै, सदस्यमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेती चयन भएका छन्।

८. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा आइतबार अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको छ । सभाले १३ प्रतिशत बोनस सेयर र शून्य दशलमव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

९. पछिल्लाे समय एटिएम ह्याक गरेर पैसा चाेर्ने घटना बढ्दाे रूपमा छ । यस्ता घटना बाहिरिएपछि नेपाल राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटिएम प्रयोगकर्ताले आफ्नो पिन कोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटिएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटिएमको सुरक्षित प्रयोग हुने राष्ट्र बैंकले सुझाव दिएकाे छ । 

१०. सुनको भाउ एकैदिन ताेलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको