Like us!
Follow us!
Connect us!
Watch us!

फेरियो माओवादीको बोलिः 'सत्ता गठबन्धनको विकल्प खोजेका छैनौ'

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, ०६ : ५१ मा प्रकाशित

फेरियो माओवादीको बोलिः 'सत्ता गठबन्धनको विकल्प खोजेका छैनौ'

नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ। 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्नु नहुने निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा ९माओवादी केन्द्र० का महासचिव देव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताए। गठबन्धनमा कुनै विमति वा असहमति पैदा नभएको भन्दै उहाँले आफूहरु गठबन्धन फेर्नुपर्छ भन्ने अवस्थामा नपुगेको उल्लेख गरे। 

सोमबार गठबन्धनको बैठक बस्नेबारे जानकारी दिँदै उहाँले सो बैठकमा निर्वाचनको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताए। 

‘‘हामी गठबन्धनमा भएको हुनाले पहिलो कुरा त गठबन्धनमा आधारित भएर सोच्ने कुरा भयो। गठबन्धनबाट को–कोसँग वार्ता गर्ने, को कोसँग कुरा गर्ने, गठबन्धनमा अझ बलियो कसरी बनाउने, कति कुरा मिल्छन्, कति कुरा मिल्दैनन्। त्यो त गठबन्धनमा निर्भर रहने विषय भयो। अहिले पार्टीले गठबन्धनको विकल्प तुरुन्तै सोचिसकेको अवस्था होइन’’, महासचिव गुरुङले भने।

महासचिव गुरुङले नेकपा (एमाले) सँग गठबन्धन गर्ने सम्बन्धमा छलफल नभएको बताए। उनले एमालेसँग पनि कुनै प्रकारको कुराकानी नभएको स्पष्ट पारे । माओवादी केन्द्रले सरकार गठनको लागि पहिलो प्रयास गठबन्धनभित्रै गर्ने उनले  प्रष्ट पारे। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको