Like us!
Follow us!
Connect us!
Watch us!

बम्पर लाभांश घोषणा गरेको रिडी पावरको दोस्रोबजार कारोबार आजदेखि खुल्ने

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, ०७ : २३ मा प्रकाशित

बम्पर लाभांश घोषणा गरेको रिडी पावरको दोस्रोबजार कारोबार आजदेखि खुल्ने

रिडी पावर कम्पनीको सेयर कारोबार आज सोमबारबाट खोल्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मागेको प्रमाण कम्पनीले पुर्‍याएसँगै कारोबार खोल्न मिति तय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले अर्थ संसारलाई जानकारी दिए ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर ७ गते, बुधबारबाट रिडी पावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरेकाे थियाे । कम्पनीकाे काराेबार राेक्का नै रहिरहँदा कम्पनीकाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूकाे रकम फ्रिज भइरहेकाे थियाे ।

गत आर्थिक बर्षको मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको कम्पनीले कारोबार समयमा नै सञ्चालक समितीको बैठक गरि लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजार कारोबार रोक्का गरेको थियो । लाभांश घोषणा पछि आज नै कम्पनीको पहिलो कारोबार हुनेछ ।  

रिडी पावरकाे सञ्चालक समितिकाे बैठक ११ बजे बसेर लाभांश घाेषणा गरेकाे भएपनि नेप्सेलाई भने काराेबार समय पछि मात्रै जानकारी गराइएकाे भन्दै नेप्सेले सूचना लुकाएकाे आरोपमा कम्पनीको कारोबार रोक्का गरेको थियाे । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेकाे सूचनामा उल्लेख थियाे । कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो र समयमानै जानकारी नदिएको हो ? ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएकाे थियाे ।

कम्पनीकाे मंसिर ६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको