Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न मोलुङ्ग हाइड्रोले पायाे बाेर्डबाट अनुमति

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, ११ : ४८ मा प्रकाशित

आईपीओ निष्कासन गर्न मोलुङ्ग हाइड्रोले पायाे बाेर्डबाट अनुमति

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित स्थानिय, वैदेशिक राेजगारीमा गएका नेपालीहरू तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न साउन १ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । सेबाेनकाे मंसिर १६ गते बसेकाे बैठकले अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

मोलुङ्ग हाइड्रोपावर कम्पनीले ७ मे.वा. क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजनाबाट मिति २०७४ चैत्र १२ गतेबाट व्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको कम्पनी हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको