Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, १६ : ४० मा प्रकाशित

नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्वएवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् ।  २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ । बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स् क्षेत्रमा स्थापितनाम हो । 

खनाललाई एक समारोहकाबिच नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का अध्यक्ष रितशमित्तलले स्वागत गरेका थिए । खनालले आफ्नो पदभार समेत ग्रहण गरिसकेका छन् । विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमाकामगर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि लेडिजिटल रेमिट्यान्स्मा अभैm जोड दिदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स भित्राउदै आएको छ । 

आफ्नो पदभार ग्रहण गर्दै खनालले भन्नुभयो ‘अहिले धेरै कुरा डिजिटल रुपमाभइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाकालागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकतादिँदै आम नेपालीलाई सेवाप्रदान गर्नेछौँ । रेमिट्यान्स् समेत डिजिटल रुपमाभित्रा इमुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने हाम्रो लक्ष्य हो’ । 

कम्पनिमा अनुभबी कार्यकारी अधिकृत सिएसागर खनालको आगमन पछी कम्पनिका सेवा सुबिधाका साथै यस कम्पनीको लोकप्रियतालाई आमउपभोक्ता सम्मपर्याइ आगामीदिनमाअझै उचाइमापुग्ने कुरा नेपाल रेमिटले विश्वास लिएको छ । 
नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मागर्दै आइ रहेको छ । बिभिन्नवालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ । यस रेमिटले हाल देश भर रहेका  १०,००० भन्दा बढि एजेन्ट नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको