Like us!
Follow us!
Connect us!
Watch us!

‘राजनीतिक र आर्थिक सङ्कट एकसाथ आउन सक्छ, एमाले र कांग्रेस एक भएर देशलाई  निकास दिनुपर्छ’

पत्रपत्रिका

शुक्रबार, २३ मंसिर २०७९, ०६ : २९ मा प्रकाशित

‘राजनीतिक र आर्थिक सङ्कट एकसाथ आउन सक्छ, एमाले र कांग्रेस एक भएर देशलाई  निकास दिनुपर्छ’

नेकपा (एमाले)का उपाध्यक्ष एबं पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राजनीतिक र आर्थिक सङ्कट एकै पटक आउन सक्ने खतरा रहेको दाबी गरेका छन् ।

प्रेस चौतारी चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले आर्थिक र राजनीतिक सङ्कट एकै पटक आएमा एमाले र कांग्रेस एकै  ठाउँमा  उभिएर देशलाई  निकास  दिन  आवश्यक पर्न सक्ने बताए । देशमा राजनीतिक सङ्कटको अवस्थासँगै आर्थिक सङ्कट आउने वातावरण सिर्जना भएको बताउँदै उनले भने, “बैङ्कले ऋण दिन सकेको छैन । देशमा विदेशी मुद्राको सञ्चिति घटेको छ । राजस्व वृद्धि हुन सकेको छैन । देशले लिएको लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेपछि अहिले आयात  खुला  गर्ने  नीति अगाडि सारेको छ । यसले अझ आर्थिक सङ्कट पैदा हुन्छ ।”

उपाध्यक्ष पाण्डेले देशमा हुने परिवर्तनका पक्षमा र राज्यलाई सङ्कट आएको अवस्थामा एमाले र कांग्रेस एकै ठाउँमा उभिएर निकास दिएको इतिहास साक्षी भएको तर्क गरे । हालै भएको निर्वाचनले कुनै एक दललाई प्रस्ट बहुमत नदिएकाले नयाँ बन्ने सरकार बलियो नहुने दाबी पनि उनले गरे । उनले भन्े, “विगतको इतिहास हेर्दा मिलिजुली सरकार बनेका र त्यस्तो सरकारले दूरगामी काम गर्न नसकेको पाइएको छ । अब बन्ने सरकारले पनि कसरी सत्ता टिकाउन सकिन्छ भनेर ध्यान केन्द्रित गर्ने हुँदा देशको काम थोरै र मन्त्रीको चित्त बुझाउने काममा धेरै समयमा खर्च हुने देखिन्छ ।” गाेरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको