Like us!
Follow us!
Connect us!
Watch us!

‘राजस्व संकलन ‘टाईटाईफिस’ हुन्छ, श्रीलंकाको जस्तो दशा चाँही देख्नु नपरोस्’

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, १२ : १५ मा प्रकाशित

‘राजस्व संकलन ‘टाईटाईफिस’ हुन्छ, श्रीलंकाको जस्तो दशा चाँही देख्नु नपरोस्’

पुर्वअर्थमन्त्री एबं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारको यो पाराले सरकारको राजस्व संकलन टाईटाईफिस हुने बताएका छन् । मंगलबार संसदमा बजेटबारे बोल्दै उनले यस्तो बताएका हुन् । 

‘राष्ट्र बैंकले डलर दिन सक्दिन भन्ने बित्तिकै आयात कटौति हुनेछ जसका कारण राजस्व समेत टाईटाईफिस हुन्छ’ उनले भने ‘यसो हुँदा तपाईले बजेटको लक्ष्य कटै पनि भट्नु हुँदैन तपाईले केहि पैसा बाड्ने कुरा त गर्नुहोला केहि कुरा गरेर चुनावमा प्रभाव पारौला भन्नुभाछ तर अर्को सात त जाँदा जाँदा टाउकोमा हात लगाएर बस्नुपर्ने र यातायात धरासायी भो भनेर श्रीलंकको दशा चाँहि देख्नु नपरोस् ।’  

त्यस्तै पाण्डेले इन्डक्सन चुल्होको योजनामा चलखेल हुनसक्ने आशंका समेत व्यक्त गरे । उनले पुर्वाधारको विकास बिना सबैलाई इन्डक्सन चुल्हो वितरणको कुरा बैज्ञानिक नहुने उनको तर्क थियो ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको