Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश र मर्जर प्रस्ताव पारित गर्दै ग्लोबल आईएमईकाे एजीएम सम्पन्न, पूँजी ५० अर्ब पुर्याइने

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, १२ : ३७ मा प्रकाशित

लाभांश र मर्जर प्रस्ताव पारित गर्दै ग्लोबल आईएमईकाे एजीएम सम्पन्न, पूँजी ५० अर्ब पुर्याइने

ग्लोबल आईएमई बैंक लिमिटेडकाे साेर्ह्राैँ वार्षिक साधारण सभा आज (मंसिर २३ गते, शुक्रबार) गैरीधारास्थित सिल्भर ओक ब्यांक्वेटमा सम्पन्न भएकाे छ ।

सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष चन्द्र ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गरेकाे छ ।सभामा बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापीटल लि., ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र जेविएनएल सेक्युरिटिज लिमिटेडको आ.व. २०७८/०७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गरिएकाे छ । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०७९/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गरेकाे छ ।

त्यसैगरी, सभामा विशेष प्रस्ताव अन्तर्गत बैंकको अधिकृत पूँजी २५ अर्बलाई वृद्धि गरी ५० अर्ब रूपैयाँ कायम गर्ने प्रस्ताव पारित गरिएकाे छ । बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने, ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, ग्लोबल आइएमई बैंक लिमिटेड र बैक अफ काठमाण्डू लिमिटेड गाभ्ने/ गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याइन कर्ताबाट प्राप्त चल / अचल सम्पत्ति दायित्व तथा कारोबारको मुल्याइन प्रतिवेदन (Due Diligence Audit DDA) आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १:१ (Share swap Ratio, 1:1) स्वीकृत गर्ने, ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रकृया पुरा भएको हुँदा बैंक अफ काठमाण्डू लिमिटेड यस बैंकमा गाभ्न/गाभिन अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको