Like us!
Follow us!
Connect us!
Watch us!

सनिगाड हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

अर्थ संसार

सोमबार, २६ मंसिर २०७९, १२ : ३० मा प्रकाशित

सनिगाड हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

सनिगाड हाइड्रोपावर लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ । 

रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्कासन गर्ने १०० रूपैयाँ अकिंत दरको साधारण सेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्कासन गर्न सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच कम्पनीको रजिष्टर्ड कार्यालय धोवीघाट, लिलितपुरमा द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्कासन गरिने सम्झौता गरिएकाे छ ।

जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रो लिमिटेडकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केही साताभित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको