Like us!
Follow us!
Connect us!
Watch us!

काभ्रेपलाञ्चोक बस दुर्घटना : मृतकको सङ्ख्या १८ पुग्यो

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, ०६ : २५ मा प्रकाशित

काभ्रेपलाञ्चोक बस दुर्घटना : मृतकको सङ्ख्या १८ पुग्यो

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आज साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् । 

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिए । उनका अनुसार घाइते सबैलाई उपचारार्थ भर्खरै बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पुर्‍याइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको