Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण नेप्सेमा श्रृजनशील लघुवित्तको सेयर कारोबार भएन

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, ११ : १८ मा प्रकाशित

यसकारण नेप्सेमा श्रृजनशील लघुवित्तको सेयर कारोबार भएन

नेपाल स्टक एक्सचेञ्जमा आज (मंसिर २८ गते, बुधबार) श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि काराेबार हुन नसकेकाे हाे ।

अब आज कम्पनीकाे सेयर काराेबार हुँदैन ।  स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र रेगुलर काराेबार खुल्ने प्रावधान छ । जस अनुसार अब भाेलि (बिहीबार) फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे कारोबार खुल्नेछ । साे सेसनमा काराेबार भएमा मात्रै नियमित काराेबार हुनेछ ।

हिजाे मंगलबार श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेड (SHLB) को १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ)  धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।  कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ३ सय २ रूपैयाँदेखि अधिकतम ९ सय ६ रूपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको