Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली प्रदेश उद्योग परिसंघको नयाँ कार्यसमिति चयन

अर्थ संसार

विहीबार, २९ मंसिर २०७९, १२ : २७ मा प्रकाशित

कर्णाली प्रदेश उद्योग परिसंघको नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ गरिएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले आज सुर्खेतमा कर्णाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गरेका हुन् । पुर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्थ समितिले प्रदेश परिसंघको विधान निर्माण, दर्ता प्रक्रिया लगायत सचिवालय निर्माण गर्दै प्रथम साधारण सभा सम्पन्न गरेको छ ।

सो साधारण साधारण सभाले छत्रबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । नव गठित कार्य समितिमा उपाध्यक्षहरु अकल बहादुर शाही, भानुभक्त खड्का, कल्पना विष्ठ तथा पुष्पा शाही रहेका छन् ।

साधारण सभामा परिसंघका उपाध्यक्ष अधिकारीले कर्णाली प्रदेश अपार सम्भावना रहेको प्रदेश हुँदा हुँदै पनि विकासमा पछी परेको बताए । उनले कर्णालीमा प्रचुरमात्रामा रहेको जडिबुटी, spring water लाई प्रसोधन गरी अन्तराष्ट्रिय बजारमा पुर्‍याउन सके कर्णालीको छिटो विकास हुने बताए । 

कार्यक्रममा परिसंघ प्रदेस तथा जिल्ला समन्वय समितिका सभापति लक्ष्मीप्रसाद सुवेदी, वाग्मति उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीलगायत सहभागी थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको