Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रका सूचकमा सुधारः विदेशी मुद्रा सञ्चितिले ९ महिनाको आयात धान्ने, शोधनान्तर बचत बढ्यो

पत्रपत्रिका

शुक्रबार, ०१ पुस २०७९, ०६ : ३६ मा प्रकाशित

अर्थतन्त्रका सूचकमा सुधारः विदेशी मुद्रा सञ्चितिले ९ महिनाको आयात धान्ने, शोधनान्तर बचत बढ्यो

चालू आर्थिक वर्ष (आव) को चौथो महीना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सकारात्मक नतिजा दिएको हो ।

नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले कात्तिकमा मूल्य वृद्धिदर घट्नुका साथै शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, विदेशी मुद्राको सञ्चिति जस्ता सूचकहरू सकारात्मक भएका छन् ।

यसपालि कात्तिकमा उपभोक्ता मूल्यवृद्धि ८ दशमलव शून्य ८ प्रतिशत कायम भएको छ । गत भदौमा ८ दशमलव ६४ प्रतिशत पुगेको उपभोक्ता मूल्यवृद्धि असोजमा ८ दशमलव २६ प्रतिशत कायम भएको थियो । सरकार र राष्ट्र बैंकले चालू आवमा मूल्यवृद्धि (मुद्रास्फीति) ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य दिएका छन् ।

सञ्चितिमा सुधार
यस अवधिमा विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आएको छ । गत असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति कात्तिकमा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलर सञ्चिति गत असारको ९ अर्ब ५४ करोडबाट बढेर कात्तिकमा ९ अर्ब ६३ करोड कायम भएको छ । गत असोजमा डलर सञ्चिति ९ अर्ब ४८ करोड थियो । चालू आव २०७९/८० को चार महीनाको आयातलाई आधार मान्दा उक्त विदेशी मुद्रा सञ्चितिले ९ दशमलव ७ महीनाको वस्तु र ८ दशमलव ४ महीनाको वस्तु तथा सेवा आयात धान्छ । असोज अन्त्यमा ९ दशमलव ६ महिनाको वस्तु र ८ दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो । आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको