Like us!
Follow us!
Connect us!
Watch us!

बाराही हाइड्रोकाे आईपीओ बाँडफाँड मिति ताेकियाे, सेयर पाउन भाग्यकै भर

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, ११ : ५९ मा प्रकाशित

बाराही हाइड्रोकाे आईपीओ बाँडफाँड मिति ताेकियाे, सेयर पाउन भाग्यकै भर

बाराही हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड मिति ताेकिएकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीकाे आईपीओ आगामी आइताबार (पाैष ३ गते) क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १० बजेदेखि गरिनेछ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् ।   माग भन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ५ सय २२ जना आवेदकले मात्र १० कित्ता सेयर हात पार्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको