Like us!
Follow us!
Connect us!
Watch us!

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, ९४% भन्दा बढीको हात खाली

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, ०९ : ५८ मा प्रकाशित

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, ९४% भन्दा बढीको हात खाली

माबिलुङ इनर्जी लिमिटेडको प्राथमिक सेयर (IPO) बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले औपचारिक कार्यक्रममार्फत नतिजा सार्वजनिक गरेको हो। कम्पनीको आईपीओ साउन २६ देखि २९ गतेसम्म खुला भएको थियो। यस अवधिमा कुल २२ लाख ५ हजार ८७१ आवेदन परेको थियो। तर, जसमध्ये ८ हजार २८९ आवेदन विभिन्न कारणले रद्द गरिएका छन्।

स्वीकृत २१ लाख ९७ हजार ५८२ आवेदनमध्ये मात्र ५.६८ प्रतिशतले सेयर प्राप्त गरेका छन्। बाँकी ९४.३२ प्रतिशतको हात भने रित्तो बनेको छ।
नतिजाअनुसार १ लाख २४ हजार ८९० जनाले सेयर पाएका छन्। तीमध्ये १ लाख २४ हजार ८८६ जनाले १० कित्ताका दरले पाएका छन् भने ४ जनाले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा ‘IPO Result’ (iporesult.cdsc.com.np) मा केही बेरमै उपलब्ध हुने छ। लगानीकर्ताले मेरो सेयरमार्फत पनि नतिजा हेर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको