Like us!
Follow us!
Connect us!
Watch us!

कलाकारिता तथा कथा लेखन विधाका सशक्त नायक उमाकान्तको बढ्दो लोकप्रियता !

अर्थ संसार

शनिबार, ०२ पुस २०७९, १७ : ५२ मा प्रकाशित

कलाकारिता तथा कथा लेखन विधाका सशक्त नायक उमाकान्तको बढ्दो लोकप्रियता !

गोरखा हर्मीमा विक्रम सम्बत् २०३७/०६/२६ मा जन्मिएका उमकान्त सापकोटाको प्राथमिक शिक्षा श्री हिमालय प्रा.वि. चाम्बास (भानु ) तनहुँबाट पुरा भयो । उनले माध्यामिक शिक्षा भने श्री भवानी मा.वि. पालुङ्टार गोरखाबाट गरेका हुन् ।

उनी उच्च शिक्षा ग्रहण गर्ने क्रममा भने माहेन्द्ररत्न क्याम्पसमा भर्ना भएका थिए । बाल्यकालदेखि नै कलकारितामा निकै रुची राख्ने भएकाले राष्ट्रिय नाचघर जमलबाट रंगमन्चको यात्रा सुरु गरेका उनले फड्के, बीकाश भर्सेस निकाश नाटकमा अभिनय गरिसकेका छन् । चलचित्र विधामा भने उनले कठपुतली, हल्कारा, चचहुइ,मिस्टर भर्जिन,जयश्रिदाम आदिमा अभिनय गरेको पाईन्छ ।

यता टेली सिरियलमा उनको अभिनयको कुरा गर्नुपर्दा मेरीबास्सै, हर्के हल्दार, सिंह दरबार २, क्या जमना आ, ऊल्टो सुल्टो, कठैबरी (वेव सिरिज) आदिमा सशक्त अभिनय गरेका छन् ।

त्यस्तै, म्युजिक भिडियो र सट मुभीमा समेत काम गरेका उनी हाल अती नै लोकप्रिय टेलिसिरियल भद्रगोल तथा उल्टो सुल्टोको कथा लेखनमा व्यस्त छन् । अर्थ संसारसागको कुराकानीमा उनले आफू मृत्‍यु प्रयन्त लेखन तथा अभिनयमा लागिरहने चाहना रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको