Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता, ग्राहकलाई छुट

अर्थ संसार

विहीबार, २९ मंसिर २०७९, १४ : ५५ मा प्रकाशित

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता, ग्राहकलाई छुट

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजार बिच मंसिर २९ गते सम्झौता भएको छ । यो सम्झौता पछि समृद्धि फाइनान्सका ग्राहकहरुलाइ ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट १५ हजार रूपैयाँसम्म छुट दिने भएको छ ।

सो सम्झौता पत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत बिकाश भण्डारीले हस्ताक्षर गरेका हुन् ।

समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिंग, र क्युआर कोर्ड मार्फत लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट १५ हजार रूपैयाँ छुट हुने यस संस्थाका व्यवसाय प्रवद्धन अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् ।
                            

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको