Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरकाे सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, १३ : ५३ मा प्रकाशित

तेह्रथुम पावरकाे सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट

तेह्रथुम पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे थियाे ।

तर नेपाल बङ्गलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट एकआपसमा मर्जरमा गई यही पाैष १ गते, शुक्रबारदेखि एकीकृत कारोबार सुरू गरेका हुनाले अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड मार्फत हुने भएकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

639ecb53956cd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको