Like us!
Follow us!
Connect us!
Watch us!

फ्रान्स र अर्जेन्टिनाको अर्थतन्त्र तुलना : कुन शिर्षकमा कुन देश बलियो ?

धिरज पौड्याल

आइतबार, ०३ पुस २०७९, १४ : ५८ मा प्रकाशित

फ्रान्स र अर्जेन्टिनाको अर्थतन्त्र तुलना : कुन शिर्षकमा कुन देश बलियो ?

नोभेम्वर २० गते बाट सुरुभएको विश्व फुटबलको सर्वोच्च प्रतिस्पर्धा ‘विश्वकप फुटबल-२०२२’ आज ८:४५ मा अर्जेन्टिना र फ्रान्स बीचको फाईनल खेलसँगै विश्वकप फुटबल - २०२२ सम्पन्न हुनेछ। विश्व कपको फाइनल जीडीपीको हिसाबले विश्वको सातौं ठूलो अर्थतन्त्र भएको राष्ट्र फ्रान्स र ३१ औं राष्ट्र अर्जेन्टिना बीच हुनेछ। विश्वकप खेलको फाइनलमा प्रतिस्पर्धा गर्ने २ राष्ट्रबीच अर्थतन्त्रको हिसाबमा फ्रान्स अब्बल छ भने अर्जेन्टिनाको अर्थतन्त्र भने विगत केही वर्षदेखि संघर्षरत रहेको छ।

 

जीडीपी: 

सन् २०१५ मा २४३९.१९ बिलियन अमेरिकी डलर रहेको फ्रान्सको जीडीपी रहेको फ्रान्सको २०२२ को सुरुवातमा २९३७.४७ बिलियन अमेरिकी डलर रहेको छ। कोभिडको प्रभावको कारण २०२० मा २०१९ को अन्त्यमा २७९०.९६ बाट झरेर २०२० को अन्त्यमा २६३० बिलियन अमेरिकी डलर पुगेको जीडीपी एक वर्षको अवधिमा करिब ४०० बिलियन अमेरिकी डलर वृद्धि भएको थियो। 

त्यस्तै अर्जेन्टिनाको हेर्दा २०१४ मा ५२६.३२ बिलियन डलर रहेको जीडीपी २०२१ को अन्त्यमा ४९१.४९ बिलियन अमेरिकी डलर भएको थियो। कोभिडको प्रभावको कारण २०१९ मा  ४५२ बिलियन डलर रहेको जीडीपी २०२० मा ३८९.५९ बिलियन डलर पुगेको थियो भने २०२१ को अन्त्यसम्म ४९१.४९ बिलियन डलर भएको थियो। 

फ्रान्स र अर्जेन्टिनाको जीडीपीको वृद्धिदरलाई ताजा अबस्थामा हेर्दा फ्रान्सको तुलनामा अर्जेन्टिनाको राम्रो देखिन्छ। फ्रान्सको जीडीपी वृद्धिदर २०२२ को तेश्रो क्वाटरमा ०.२% रहेको छ भने त्यसअघी ०.५%,-०.२% वृद्धिदर रहेको थियो। २०२०को तेश्रो क्वाटरमा १८.४ प्रतिशतको जीडीपीको वृद्धिदर पश्चात जीडीपीको ग्रोथ रेट न्यून देखिन्छ।

 त्यस्तै अर्जेन्टिनाको जीडीपीको वृद्धिदर २०२२ को तेश्रो क्वाटरमा १.७% रहेको छ। त्यसअघी जीडीपी वृद्धिदर १.००६%, १.०४% रहेको थियो। अर्जेन्टिनाको पनि २०२० को तेश्रो क्वाटरमा ११.९१ प्रतिशतको वृद्धिदर देखिएको थियो भने त्यश्पश्चत वृद्धिदर न्यून देखिन्छ। 

यी दुवै राष्ट्रको जीडीपी वृद्धिदरको ट्रेन्डभने समान देखिन्छ। 

 

जीडीपी पर क्यापिटा:

कुल ग्राहस्थ उत्पादन जीडीपीलाई सोही राष्ट्रको जनसंख्याले भाग गर्दा आउने भागफल नै जीडीपी पर क्यापिटा हो। २९३७.४७ बिलियन डलर जीडीपी रहेको फ्रान्सको कुल जनसंख्या ६७.०७ मिलियन रहेको छ। फ्रान्सको जीडीपी पर क्यापिटा २०२१को अनुसार ३८२१०.२२ डलर रहेको छ।

 त्यस्तै ४९१ विलियन डलर जीडीपी रहेको अर्जेन्टिनामा ४७.३३ मिलियन जनसंख्या रहेको छ। अर्जेन्टिनाको जीडीपी पर क्यापिटा २०२१ को अन्त्यमा १२३९०.८१ डलर रहेको छ। 

वैदेशिक मुद्रा सञ्चिति:

अर्थनतन्त्रको अवस्थालाई वैदेशिक मुद्रा सञ्चितिले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ। फ्रान्सको वैदेशिक मुद्रा सञ्चितिको ट्रेन्डलाई हेर्दा बढ्दो रूपमा देखिन्छ। २०१५ पश्चात यो वृद्धि निरन्तर रूपमा भइरहेको देखिन्छ। फ्रान्सको वैदेशिक मुद्रा सञ्चिति २३८.६३ बिलियन युरो रहेको छ जसलाई अमेरिकि डलरमा रूपान्तरण गर्दा २५२.८१ बिलियन अमेरिकी डलर हुन आउँछ। 

त्यस्तै अर्जेन्टिनाको वैदेशिक मुद्रा सञ्चिति पछिल्लो केही वर्ष यता निरन्तर रूपमा घटिरहेको छ। अर्जेन्टिनाको वैदेशिक मुद्रा सञ्चिति हाल ३२.४९५ बिलियन अमेरिकी डलर रहेको छ। 

 

मुद्रास्फिति:

मुद्रास्फितिले अर्थतन्त्रको एक प्रतिबिम्ब दिने गर्दछ। फ्रान्सको मुद्रास्फिति ६.२% रहेको छ।  फ्रान्सको मुद्रास्फितिको ट्रेन्डलाई हेर्दा मुद्रस्फिती नियंत्रित देखिन्छ।  जनवरी २०२२ मा २.८% रहेको मुद्रास्फिति दर नोभेम्वरमा६.२% पुगेको छ।

 

त्यस्तै अर्जेन्टिनाको मुद्रास्फिति दर भने अनियन्त्रित छ। नोभेम्वरमा अर्जेन्टिनाको मुद्रास्फिती दर ९२.४% रहेको थियो। जनवरी २०२२ मा ५०% मा रहेको मुद्रास्फिति दर ११ महिनामा थप ५२.४% ले वृद्धि भएको हो। 

:तथ्याङ्क ट्रेडिंग इकोनोमिक्स बाट लिईएको हो। 



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको