Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकासको साधारणसभा आवहान: नगद र बोनस पारित गर्ने, संचालकको निर्वाचन हुने

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, ०८ : ०६ मा प्रकाशित

लुम्बिनी विकासको साधारणसभा आवहान: नगद र बोनस पारित गर्ने, संचालकको निर्वाचन हुने

लुम्बिनी विकास बैंक लिले साधारण सभा आवहान गरेको छ। बैंकको आफ्नो पन्ध्रौं वार्षिक साधारण सभा पौष २६ गते मंगलबार ११ बजे सभा बोलाएको जानकारी एक सूचना मार्फत गरेको हो।  सभा काठमाडौँको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा दिनको ११ बजे बस्ने छ।  

बैठकमा छलफलका बिषयहरु कम्पनीले यी अगाडी सारेका छन् :
क) साधारण प्रस्तावहरु :
१)आर्थिक वर्ष २०७८/ ७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
२)लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण तथा तत् सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।
I
३) कम्पनी ऐन २०६३ को दफा १११ वमोजिम आ.व. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने । वर्तमान लेखापरीक्षक के. ए. एस. एसोसिएटस, चार्टड एकाउन्टेण्टस पुन: नियुक्तीको लागि योग्य हुनुहुन्छ ।
४) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा सञ्चित मुनाफा रकम समेतबाट यस विकास बैंकको हाल कायम चुक्ता पूँजीको ९% ले हुन आउने नगद लाभांश रु. २९,५५,८६,३२५ ९९ (अक्षरेपी उनान्तीस करोड पचपन्न लाख छयासी हजार तीन सय पच्चीस रुपैंया र पैसा उनान्सय मात्र) बोनश शेयर र नगद लाभांशमा लाग्ने प्रयोजनार्थ समेत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने
I
५) संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने ।
६) कम्पनी ऐन २०६३ बमोजिम संस्थापक समुहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालक श्री लोमस मानन्धरको नियुक्ति अनुमोदन सम्बन्धमा ।

ख) बिशेष प्रस्तावहरु :
१) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा सञ्चित मुनाफा रकम समेतबाट यस विकास बैंकको हाल कायम चुक्ता पूँजीको ३% ले हुन आउने रकम रु.९,८५,२८,७७५।३३ (अक्षरेपी नौ करोड पचास लाख अठ्ठाइस हजार सात सय पचहत्तर रुपैंया र पैसा तेत्तीस मात्र ) बराबरको वोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
२) विकास बैंकको जारी तथा चुक्ता पूँजी रु. ३,२८,४२,९२,५१०९९ (अक्षरेपी तीन अर्ब अठ्ठाईस करोड वयालीस लाख वयान्नव्वे हजार पाँच सय दश रुपैंया र पैसा उनान्सय मात्र) रहेकोमा वोनस शेयर वितरण पश्चात जारी तथा चुक्ता पूँजी रु. ३,३८,२८,२१,२८६।३२ (अक्षरेपी तीन अर्ब अड्तीस करोड अठ्ठाइस लाख एक्काईस हजार दुई सय छयासी रुपैंया र पैसा बत्तीस मात्र) पुऱ्याउने विशेष प्रस्ताव पारित गर्ने ।
३) वोनस शेयर जारी पछि कायम हुने जारी तथा चुक्ता पूँजी वमोजिम यस विकास बैंकको प्रबन्धपत्रको दफा ५ को (ख) र (ग) मा आवश्यक संशोधन गर्ने । यस सम्बन्धमा नियमनकारी निकायहरुवाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधार समेतका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।
४) सञ्चालकहरुको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धमा नियमावलीको नियम २९ (१) (ख), नियम २९ (१) (ग), नियम २९ (१) (ग) (इ) र नियम २९ (१) (घ) मा आवश्यक संसोधन गर्ने र नियम २९ (१) (ङ) थप गर्ने । यस सम्बन्धमा नियमनकारी निकायहरुवाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधार समेतका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।
५) यस विकास बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा एक्विजिसन ( प्राप्ती) सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

सभाको लागि कम्पनीले मिति २०७९/०९/१३ गते (१) एक दिन बैंकको सेयरधनी दर्ता किताब बन्द गर्ने गर्नेछ। अर्थात मिति २०७९/०९/१२ गतेसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा नियमानुसार कारोवार भई सि.डि.एस. एण्ड क्लियरिङ लिमिटेडवाट राफसाफ भएका सेयरधनीले सभामा भाग लिन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको