Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ हाइड्रोले पुस १९ गतेदेखि आईपीओ निष्कासन गर्ने, क-कसले भर्न पाउँछन् ?

अर्थ संसार

शुक्रबार, ०८ पुस २०७९, १२ : ३३ मा प्रकाशित

मोलुङ हाइड्रोले पुस १९ गतेदेखि आईपीओ निष्कासन गर्ने, क-कसले भर्न पाउँछन् ?

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गते, मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र  वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ८ करोड २ लाख २५ हजार रूपैयाँ बराबरकाे  ८ लाख २ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । 

यस्तै,  वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने २ लाख ७२ हजार ८ सय ५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४ सय २५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५ सय ७० कित्ता सेयर पनि निष्कासन गर्नेछ । 

क-कसले भर्न पाउँछन् ?

आयोजना प्रभावितका लागि निष्कासन गरिने सेयरमध्ये ५% ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दा र बाँकी ५% सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँड गरिनेछ ।  

कति दिने आवेदन ?

स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

उक्त आईपीओमा स्थानियले छिटोमा माघ ३ गतेसम्म र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने माघ ३ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सननराइज क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन  सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको