Like us!
Follow us!
Connect us!
Watch us!

मौसमी कामदार कोरिया जाने, श्रमस्वीकृति दिने तयारी

पत्रपत्रिका

सोमबार, ११ पुस २०७९, ०८ : ३५ मा प्रकाशित

मौसमी कामदार कोरिया जाने, श्रमस्वीकृति दिने तयारी

कोरिया जाने तयारीमा रहेका मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार विभागले फेमिस प्रणालीमा दर्ता गराएर अन्तिम श्रमस्वीकृति दिने तयारी गरेको छ । कोरियाका स्थानीय तहले माग गर्ने नेपाली मौसमी कामदारको छनोट यहाँका स्थानीय तहले गर्ने र त्यसको अनुमति विभागले दिने गरी तयारी भएको हो ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले कोरियाको ‘सिजनल वर्किङ भिसा’ का लागि दुई सरकारका स्थानीय तहबीच सम्झौता भएको जनाउँदै संघीय सरकारको वैधानिक अनुमति मिलाएर पठाउने तयारी भइरहेको बताए ।

“कोरियाको सिजनल भिसामा श्रमिक पठाउन नेपालका स्थानीय तहले धेरै युवा छनोट गरेको पाइएको छ,” महानिर्देशक आचार्यले कारोबारसँग भने, “नेपालको संविधानमा दुई देशबीचको सम्झौता संघीय सरकारले गर्ने उल्लेख रहेको छ । यही कानुनी अड्चनलाई फुकाउन संघीय सरकारले अन्तिम अनुमति दिन विभागमा दर्ता गराउने गरी तयारी भइरहेको हो ।”

कोरिया जाने मौसमी कामदारको माग र छनोट दुवै देशका स्थानीय तहको समझदारीमा गरिनेछ । यस्तो कानुनी जटिलता मिलाउन युवाको छनोट स्थानीय पालिकाले गर्ने र छनोट भएका युवाको नामावली वैदेशिक रोजगार विभागमा पठाउनुपर्ने विभागले जनाएको छ ।

विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मा छनोट भएका कामदारलाई सूचीकृत गर्ने योजना बनाएको छ । फेमिसमा जोडिएपछि विभागले कोरिया जाने सिजनल भिसाको अन्तिम श्रमस्वीकृति दिने गरी तयारी गरिरहेको छ । स्थानीय तहले मौसमी कामदारको छनोट प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने महानिर्देशक आचार्यको भनाइ छ ।

यसअघि कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएकोे श्रमिक अभावलाई कम गर्न नेपालबाट ४ हजार मौसमी कामदार लैजाने जनाएको थियो । कोरियाको कानुन तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान तयारी गर्दै आएको छ । कोरियाले यो वर्ष नेपालसहित थाइल्याण्ड, कम्बोडिया, भियतनामबाट यस्ता कामदार लैजाने भएको जनाएको छ । कारोबार दैनिकमा समाचार छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको