Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोले २००% हकप्रद जारी गर्ने

अर्थ संसार

सोमबार, ११ पुस २०७९, १० : ४५ मा प्रकाशित

घलेम्दी हाइड्रोले २००% हकप्रद जारी गर्ने

घलेम्दी हाइड्रो लिमिटेडले १: २ अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अगाडी सारेको छ। 

कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रद निष्कासनको प्रस्ताव अनुमतिका लागि तोकेबमोजिमका कागजपत्रहरुका साथ विद्युत नियमन आयोगसमक्ष दरखास्त निवेदन दिने निर्णय पनि कम्पनीले गरेको छ। 

पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रयोजनार्थ हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने र अनुमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने निर्णय गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको