Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्को पहिलो निर्णयः पूँजीबजारमा आएको गिरावटलाई सम्बाेधन गर्ने

अर्थ संसार

मंगलबार, १२ पुस २०७९, ०६ : ४५ मा प्रकाशित

प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्को पहिलो निर्णयः पूँजीबजारमा आएको गिरावटलाई सम्बाेधन गर्ने

प्रचण्ड नेतृत्वमा बनेको नयाँ मन्त्री परिषद् बैठक सोमबार साँझ बसेको थियो। सपथग्रहण लगत्तै बसेको पहिलो मन्त्रीपरिषद् बैठकले पूँजीबजारलाई महत्व दिएको छ । बैठकले पूजीबजारमा आएको गिरावटलाई संवोधन गरि अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरेको हो । 

मन्त्रीपरिषद् बैंठकको पहिले निर्णय नै वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूजीबजारमा आएको गिरावटलाई संवोधन गरि अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले यस एक आर्थिक वर्षका लागि मन्त्रीहरुले वृद्धि भएको तलब नलिने निर्णय गरिएको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बताए ।

नागरिकहरुलाई प्रदान गर्दै आएका आधारभूत सेवा बिषेशगरि राष्ट्रिय परिचय पत्र , बिद्युतिय राहदानी, सवारी चालक अनुमतिपत्र लगाएतका सेवा प्रवाहलाई सुगम सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने , यसमा देखिने गरि सुधारका कामहरु तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने समेत निर्णय भएको पौडेलले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको