Like us!
Follow us!
Connect us!
Watch us!

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

मंगलबार, १२ पुस २०७९, ११ : ३३ मा प्रकाशित

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

विभिन्न २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका छन् । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बाेर्डबाट अनुमति पाएका हुन् । 

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ कराेड ३१ लाख २५ हजार रूपैयाँ बराबरकाे ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ८० लाख बराबरको २२ लाख ८०  हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकाे हाे ।  कम्पनीले आईपीओ निष्कासनको लागि प्रभु क्यापिटललाई  बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको