Like us!
Follow us!
Connect us!
Watch us!

एलन मस्कको ट्विटरसँग नाम जोडिएपछि टेस्लाको सेयरमा ७१% गिरावट

धिरज पौड्याल

बुधबार, १३ पुस २०७९, १४ : ३० मा प्रकाशित

एलन मस्कको ट्विटरसँग नाम जोडिएपछि टेस्लाको सेयरमा ७१% गिरावट

विश्व धनाढ्य एलन मस्कको नाम जोडिएसँगै टेस्लाको सेयरमा निरन्तर रूपमा गिरावट आइरहेको छ। अप्रील ४ मा ३८२ डलर रहेको टेसलाको सेयर मूल्य हाल १०९ डलरमा आएको छ। डिसेम्बरमा मात्र टेस्लाको सेयर ४४% ले घटेको छ भने मंगलबार सेयरमूल्यमा ११% को गिरावट आएको छ।

 

अप्रील ५ मा एलन मस्कले ट्विटरको ९% बढी सेयर खरिद गरेको कुरा सार्वजनिक गरे। मार्च १५ देखि २६० डलर सेयरमुल्य बाट निरन्तर बढेर अप्रिल ४ मा ३८० डलर सम्म पुगेको थियो। त्यसपछि सेयरमूल्यमा गिरावट आयो, एलन मस्कले मे १३ मा ट्विटर खरिद प्रक्रिया रोक्ने जानकारी सार्वजनिक गरे सेयर मूल्य जुलाई सम्म साइडवे रह्यो। अप्रील २५ मा ट्विटरले एलन मस्कको ४४ बिलियन अमेरिकी डलरको खरिद सम्झौता गरे। अप्रील २६ मा एकै दिन ४० डलर , १२% ले सेयर मूल्य घट्यो ।

एलन मस्क र ट्विटर बीच ४४ बिलियन अमेरिकी डलरको खरिद सम्झौता बीच खटपट देखिन थालेको थियो। एलनले ट्विटरका बटको जानकारी खुलाउन सर्त राखे, ट्विटरले जानकारी दिएन। मस्कले ट्विटर बीचको खरिद सम्झ्यौत रद्द गर्ने चेतावनी जुलाई ८ मा दिएका थिए जसलाई वजारमा प्रभाव देखिएको थियो। अन्ततः मस्कले ट्विटरलाई अक्टोबर २८ मा ५४.२० बिलियन अमेरिकी डलरमा खरिद गरे। २२८ मा रहेको सेयर मूल्य ५२% ले घटेर हाल १०९ मा आइपुगेको छ। 






 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको