Like us!
Follow us!
Connect us!
Watch us!

२५ बैंकले नियम विपरित लिएको साढे ४ अर्ब फिर्ता गर्ने, एनआईसीको ४८ करोड

पत्रपत्रिका

विहीबार, १४ पुस २०७९, ०७ : ४९ मा प्रकाशित

२५ बैंकले नियम विपरित लिएको साढे ४ अर्ब फिर्ता गर्ने, एनआईसीको ४८ करोड

नेपाल राष्ट्र बैंकले ग्राहकबाट नियमविपरित लिएको प्रिमियम र ब्याज रकम फिर्ता गर्न निर्देशन दिएपछि बैंकहरूले साढे ४ अर्ब रुपैयाँ बढी प्रिमियम फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।

कृषि विकास बैंक बाहेकका २५ वाणिज्य बैंकले मात्रै ग्राहकबाट नियम विपरित असुल गरेको रकम ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

यो सूचीको पहिलो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । उसले ४८ करोड रुपैयाँ फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकले ४७ करोड र तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ४५ करोड रुपैयाँ फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टड बैंकको ४० लाख रुपैयाँ मात्रै रकम फिर्ता गर्नुपर्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंकहरूले नियम विपरित बढाएको प्रिमिय वापतको फिर्ता गर्नुपर्ने रकम ४ अर्ब ६६ करोड रुपैयाँ रहेको बताए । बैंकहरूले अघिल्लो आर्थिक वर्षको नाफाबाट उक्त रकम खर्च लेखिसकेका छन् । त्यसै अनुसार उनीहरूले उक्त रकम फिर्ता गर्ने प्रतिवद्धता गरेका हुन् । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको