Like us!
Follow us!
Connect us!
Watch us!

माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम माैका

अर्थ संसार

आइतबार, १७ पुस २०७९, १० : ४७ मा प्रकाशित

माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम माैका

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आजसम्म मात्रै आवेदन दिन पाइनेछ ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियहरुका लागि निष्कासन गरेकाे हो। 

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिएकाे सेयरमध्ये ६ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ४ लाख कित्ता सो क्षेत्रबाहेकका संखुवासभा जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

कति दिने आवेदन ?

यस आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

कहाँबाट दिने आवेदन ?

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

रेटिङ

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको