आइएमई जनरल इन्स्योरेन्सको लाभांस संशोधन भएको छ। कम्पनीको आ.ब. २०७८ / ७९ को लाभांसमा नेपाल बीमा प्राधिकरणको निर्देशन पछ्यात कम्पनीको लाभांस संशोधन भएको हो।
कम्पनीको पौष १७ गते आइतवार अपरान्ह ४:०० बजे बसेको बैठकबाट प्रस्तावित लाभांसमा संशोधन गरी आ. ब. २०७८ / ०७९ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रू.१,७०,१६,५१,४२०/- (अक्षरेपी एक अरब सत्तरी करोड सोह्र लाख एकाउन्न हजार चार सय बीस रूपैया मात्र) को ६ प्रतिशतका दरले हुन आउने रू.१०,२०,९९,०८५.२०।- (अक्षरेपी दश करोड बीस लाख उन्नासय हजार पचासी रुपैया र पैसा बीस मात्र) बरावरको बोनस शेयर एवं उक्त बोनस शेयरमा लाग्ने कर वापत चुक्ता पूंजीको ०.३२ प्रतिशतले हुन आउने रकम रू.५३,७३,६३६.०६/- (अक्षरेपी त्रिपन्न लाख त्रिहत्तर हजार छ सय छत्तिस रुपैया र पैसा छ मात्र) नगद लाभांश सहित जम्मा ६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित कम्पनीको २५औं बार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।
यस अघि कम्पनीकाे मंसिर ५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे ६.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.३४ प्रतिशत नगद गरी कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस