Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ र कियारा गर्दैछन् बिहे !

अर्थ संसार

सोमबार, १८ पुस २०७९, १६ : १३ मा प्रकाशित

सिद्धार्थ र कियारा गर्दैछन् बिहे !

अहिले भारतीय संचारमाध्यममा बलिउडको एक समाचारले राम्रो कभरेज पाइरहेको छ। यो समाचार हो बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्रि कियारा आडवाणीको जोडी । यी दुबैले छिट्टै बिहे गर्न लागेको खबर भारतीय संचारमाध्यम मार्फत बाहिरिएका छन् ।

सिद्धार्थ र कियाराले फेब्रुअरी ६ मा विवाह गर्न लागेको इटाइम्सले दाबी गरेको हो। त्यसपछि सो हल्लाले निकै व्यापकता पाएको छ। बिहेका लागि फेब्रुअरी ४, ५ र ६ गते नै पक्का गरिएको सो समाचार पोर्टले जनाएको छ। फेब्रुअरी ४ र ५ मा मेहेन्दी, हल्दी र संगीत समारोह हुनेछ भने ६ गते बैवाहिक कार्यक्रम गरिने जनाइएको छ।

उनीहरुको बिहे जैसलमेरको होटल सुर्यगढमा हुने लागेको समेत उल्लेख गरिएको छ। बिहे समारोहमा सुरक्षा व्यवस्था कडा गर्न सुरक्षाकर्मी र अंगरक्षकहरुलाई फेब्रुअरी ३ गते नै जैसलमेरमा पठाइनेछ।

बिहेको खबर फैलिए पनि सिद्धार्थ र कियाराले यसबारेमा कुनै जानकारी दिएका छैनन्। वेब सिरिज ‘लभ स्टोरिज’ पार्टीमा सिद्धार्थ र कियाराको पहिलो भेट भएको थियो। त्यसपछि उनीहरुले बलिउड फिल्म ‘शेरशाह’ एकसाथ काम गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको