Like us!
Follow us!
Connect us!
Watch us!

HDL को बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, ०७ : २४ मा प्रकाशित

HDL को बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडको बम्पर  लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। 

कम्पनीको मंसिर ९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ६० प्रतिशत बाेनस सेयर र १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। 

उक्त प्रस्तावित लाभांश पुस २७ गते हुने कम्पनीकाे २२ औं वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ। त्यसैले, पुस १९(आज ) गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी मात्र लाभांशका लागि योग्य हुने छन्।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम HDL रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको