Like us!
Follow us!
Connect us!
Watch us!

भखरै आइपिओ आएको बाराही हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, ०८ : ०२ मा प्रकाशित

भखरै आइपिओ आएको बाराही हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको कुल २५ करोड मूल्यको २५ लाख कित्ता सेयर सूचीकृत भएको हो। 

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल २५ लाख कित्ता सेयर पुस १८ गते सोमबार सूचीकृत भएको हो । कम्पनीको आईपीओ ‘बीएचपीएल’ कारोबार संकेत (सिम्बोल) मा सूचीकृत भएको हो । सोमबार सेयर सूचीकृत भएसँगै मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा बाराही हाइड्रोपावरको सेयर कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसासम्मको ओपनिङ्ग रेन्ज दिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको